३ जेष्ठ २०८१, बिहीबार ०७:४१
काठमाडौँ, जेठ ३
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएकाले बैठक बोलाइए पनि संसद् चल्छ वा चल्दैन अनिश्चित छ । संसद्को अवरोध खोल्ने विषयमा पटक-पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन ।





