५ जेष्ठ २०८१, शनिबार १०:२१
काठमाडौँ, जेठ ५
बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्माणार्थ प्रस्तुत गरिने भएको छ ।
विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्माणार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।





