१२ जेष्ठ २०८१, शनिबार २२:५१
काठमाडौँ, जेठ १२
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताउनुभएको छ । दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खिलराज रेग्मीले यस्तो बताउनुभएको हो ।
खिलराज रेग्मीले साहित्य समाजको ऐना भएको बताउनुभयो । उहाँले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताउनुभयो । उहाँले मानव र समाजको लागि अनुपयोगी वा विरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमबिरुद्ध हुने जिकिर गर्नुभयो । उहाँले समय गतिशिल र समाज प्रगतिशिल एवं परिवर्तनशिल रहेको भन्दै सिर्जना र कामहरु समय सापेक्ष र समाज सापेक्ष हुनुपर्ने बताउनुभयो ।





