१३ जेष्ठ २०८१, आईतवार ०६:०८
काठमाडौँ, जेठ १३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ।
दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ।
नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको हो।





