१६ जेष्ठ २०८१, बुधबार ०७:०५
काठमाडौँ, जेठ १६
आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।
नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो। यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ।





