१७ जेष्ठ २०८१, बिहीबार १२:३७
काठमाडौँ, जेठ १७
आइसिसी टि-२० विश्वकपको दोस्रो आधिकारिक वार्म अप खेलमा नेपालले आज घरेलु टोली अमेरिका विरुद्ध खेल्दैछ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिएको थियो ।
विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ ।





