९ मंसिर २०७९, शुक्रबार २१:०५
चितवन,९ मंसिर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जानसक्ने बताउनुभएको छ।
शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताउनुभएको हो ।
उहाले भनुभयो, ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन तर भोलि देश हितका लागि आवश्यक पर्यो भने हामी साथ दिन्छौं।





