चितवन, असार १९
लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लियो क्लब अफ नारायणगढ बालकुमारीको संयुक्त पदस्थापना कार्यक्रम सोमबार नारायणगढमा सम्पन्न भएको छ।
लायन्स क्लब इन्टरनेसनल ३२५ आरका गभर्नर लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष लायन शंकर प्रसाद आचार्यले वर्ष २०२४/२५ का लागि नव निर्वाचित अध्यक्ष शेर बहादुर पौडेललाई पद हस्तान्तण गर्नु भयो।
त्यसै गरी लियो क्लबका वर्ष २०२३/२०२४का अध्यक्ष अच्युत आचार्यले वर्ष २०२४/०२५ का अध्यक्ष बिकास गौतमलाई पद हस्तान्तण गर्नु भयो। प्रमुख अथिति गभर्नर न्यौपाने ले सपथ ग्रहण गराउँदै क्लबको योगदानको प्रशंसा गर्दै भविष्यमा थप प्रभावकारी सामाजिक कार्यहरू गर्ने प्रेरणा प्रदान गर्नुभएको थियो।
कार्यकममा डिष्ट्रिक्ट ३२५ आरका निवर्तमान गभर्नर आर एस महत्तो, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, पूर्व डिष्ट्रिक्ट गभर्नर सिद्धार्थ लाल चुके, प्रभात कुमार जोशी लगायत डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर शंकर नेपाल सहित डिष्ट्रिक्ट पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो।
नव निर्वाचित अध्यक्ष शेर बहादुर पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै क्लब विभिन्न संघ संस्था सरकारी निकायहरु सँग सहकार्य गर्दै सेवाको अभियान संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।कार्यक्रममा क्लबलाई योगदान गर्ने पूर्व अध्यक्ष एबं सदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रम सचिव गोविन्द पराजुलीले संचालन गर्नु भएको थियो।






