काठमाडौं, असार ३१
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् ।
एमालेको भागमा प्रधाममन्त्रीबाहेक ८ मन्त्रालयमा परेको छ । कांग्रेसको भागमा १० मन्त्रालय परेका छन् । यी दुवै दलले दलितलाई पठाएनन् । जसपाले दुई मन्त्री पाएकोमा दलित पठाएन ।
संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने सुविधा दिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले चाहे अब दलित समुदायका सांसद राज्य मन्त्रीसम्म बन्न सक्छन् ।
अर्थात् अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जस्तो मन्त्रिपरिषद् ओलीले बनाएका छन् । जहाँ दलित समुदायका मन्त्री छैनन् ।
यी हुन् नवनियुक्त मन्त्रीहरूः
१. केपी शर्मा ओली : प्रधानमन्त्री
२. प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकासमन्त्री
३. विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री
४. पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक : गृहमन्त्री
६. शरतसिंह भण्डारी : श्रम तथा रोजगार
७. आरजु राणा देउवा : परराष्ट्रमन्त्री
८. नवलकिशोर साह सुडी : महिला बालबालिका
९. बलराम अधिकारी : भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी : उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री
१३. प्रदीप यादव : खानेपानीमन्त्री
१४. प्रदीप पौडेल : स्वास्थ्यमन्त्री
१५. अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे : पर्यटनमन्त्री
१७. रामनाथ अधिकारी : कृषिमन्त्री
१८. विद्या भट्टराई : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
१९. मानवीर राई : रक्षामन्त्री
२०. दीपक खड्का : जलस्रोत तथा ऊर्जामन्त्री
२१. राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी : वन तथा वातावरणमन्त्री





