२४ मंसिर २०७९, शनिबार १३:५९
काठमाडौं , मंसिर २४
आज शनिबार विश्वकप फुटबलमा क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्।
कतारको अल थुमामा स्टेडियममा राति पौने ९ बजे मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।
मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो।
अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो। इंग्ल्याण्ड सेनेगललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र इङ्ल्यान्डबीच खेल हुनेछ ।





