२५ मंसिर २०७९, आईतवार ११:३४
काठमाडौं, मंसिर २५
राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसद बन्नेहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् ।
नेकपा (एमाले) ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७, जनता समाजवादी पार्टी (जसपा) ले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन ।





