चितवन ,मसिंर २५
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल, जिल्ला कार्यसमिती चितवन र आयुशक्ति आयुर्वेद क्लिनिक भरतपुरको संयुक्त आयनेजनामा पौषको २ गते ९शनिबार० का दिन एक दिने बृहत निशुल््क स्वास्थ्य शिविर हुने भएको छ । शिविर भरतपुर १० सप्तगण्डकी चोक, चित्रसेन टोल स्थित आयुशक्ति आयुर्वेद क्लिनिकमा सञ्चालन हुने जनाइएको छ । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै RAAN चितवनद्धारा स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो ।

शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूणर्लाई निशुल््क स्वास्थ्य परिक्षण तथा निशुल््क औषधी ९यथासम्भव० उपलब्ध गराइने संस्थाका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीले जानकारी दिनुभयो । शिविरमा वरिष्ठ आयुर्वेद चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण गरिनुका साथै शिविरमा अन्य सेवाहरुमा विशेष छुट रहेको कार्यक्रम संयोजक एवम संस्थाका सचिव लक्षमण जि.सिले प्रष्ट पार्नुभएको छ । त्यस्तै उहाँले पंचकर्म सेवामा २५ प्रतिशत, ल््याव सेवामा २५ प्रतिशत र औषधी खरीदमा १० प्रतिशत छुटको व्यवस्था रहेको जानकारी गराउनुभयो ।





