भरतपुर, भाद्र ४
एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले आयोजना गर्न लागेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ को तयारी पूरा भएको छ ।
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा बुधबार हुन लागेको मेला बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म चल्ने छ । उक्त मेलामा अस्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।
युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी गराउनुभयो ।
‘बुधबारको सबै तयारी पूरा भइसकेको छ, युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु आइसक्नु भएको छ’ प्रबन्ध निर्देशक अधिकारीले भन्नुभयो , ‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुनेछ ।’
उहाँले भन्नुभयो , ‘अहिले भर्खरै कक्षा १२ को नतिजा आएका विद्यार्थीहरूका लागि त झनै यो मेला उपयुक्त हुन्छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने सोच छ तर खास जानकारी लिन पाइएको छैन भने आउन अनुरोध गर्दछु ।’
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अस्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।






