४ पुष २०७९, सोमबार १३:४७
काठमाडौं , पुस ४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ ।
आज बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी गराउनु भएको हो ।
केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले सोही बमोजिम संसदीय दलले निर्णय गरेको जानकारी दिनु भयो । रास्वपाबाट प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा पहिलो पटक प्रवेश गर्दैछन्।





