५ पुष २०७९, मंगलवार ०८:३७
काठमाडौं ,पुस ५
नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुनेछ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो।
आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिनुभएको हो । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ।
संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ। बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका रहेको छ ।





