७ पुष २०७९, बिहीबार २१:२०
काठमाडौं , पुस ७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चयन हुनु भएको छ ।
बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो।
प्रत्यक्षका १८ र समानुपातिक तर्फका १४ गरी ३२ सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई अबको प्रधानमन्त्रीका रुपमा अघि सार्दै आउनु भएको छ ।





