काठमाडौं, पुस ८
काठमाडौंमा सरकारी वकिलको चौँथो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ ।
राष्ट्रियसभा गृहमा तीन दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे ३ बजे उद्घाटन गर्ने महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवंम उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले जानकारी दिनु भएको छ ।
उहाका अनुसार सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुने साथै कार्यक्रममा सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका कर्मचारी र पर्यवेक्षकको पनि सहभागिता रहनेछ।मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।





