९ पुष २०७९, शनिबार १८:२२
काठमाडौं , पुस ९
नेपाल पत्रकार महासंघको साधारणसभा १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको साधारणसभा आज शनिबार सकिएको हो। साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले जानकारी दिनु भएको हो ।
महासंघले जारी गरेको सुर्खेत घोषणापत्रमा पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विभिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ ।
‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’, ‘सुर्खेत घोषणा–२०७९’ मा भनिएको छ।








