चितवन, असोज ३
नेपाल जेसीज क्षेत्र (ख) सम्मेलन भोलिदेखि चितवनको भरतपुरमा हुने भएको छ ।दुईदिनसम्म चल्ने सम्मेलन भरतपुर ९ स्थित फोर सिजन पार्टी प्यालेसमा हुने आज बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
गीतानगर जेसीजको आतिथ्यतामा हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नुहुने जानकारी दिएको छ । असोज ५ गतेसम्म चल्ने सम्मेलनमा क्षेत्र (ख) मा पर्ने ४१ वटा जेसीजका शाखाहरु सहित देशभरीका जेसीज युवाहरूको सहभागी हुने जानकारी दिएको छ ।
सम्मेलनमा प्रतिनिधि र परिवेक्षक सहित २ हजार भन्दा बढीको सहभागीता हुने जेसीजका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सम्मेलनमा देशको आर्थिक बिकास सम्बन्धि गोष्ठी, प्रशिक्षण कार्यक्रम युवा सम्मान भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन जेसीज शाखाहरुको वक्तृत्वकला प्रतियोगिता, शान्ति पदयात्रा कला, संस्कृक्ति विनिमय कार्यक्रम पर्यटकीय क्षेत्रहरुको भ्रमण लगायतका थुप्रै कार्यक्रमहरु गरिने अधिकारीले जानकारी दिनुभयो ।
सम्मेलन सम्पन्न गर्नका लागि गीतानगर जेसीजका पूर्व अध्यक्षको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन निर्देशक समिति गठन गरी तयारी तिव्र पारिएको जेसीजका अध्यक्ष अधिकारीको भनाइ छ ।
देशका युवा व्यवसायीहरुको सहभागीतामा हुने गोष्ठीमा आर्थिक बिकास सम्बन्धि कार्यपत्र प्रस्तुती र छलफल गरिने जेसीजका पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जेसीजका पूर्वअध्यक्ष दिनेश कोइरालाले सम्मेलनले युवाहरुको क्षमता विकास तथा देशभित्रै रहने वातावरण तय गर्न मदत पुग्ने बताउनु भयो । जेसीजले नेतृत्व र व्यक्तित्वलाई जोड दिदैँ आएको कोइरालाले जानकारी दिनुभयो ।





