काठमाडौँ, असोज २७
नेपालको लुम्बिनी,सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब रहेको छ साथै स्थानीय बायुको पनी अंशिक प्रभाब रहेको छ।
हाल कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।





