९ कार्तिक २०८१, शुक्रबार ०९:०२
काठमाडौँ, कार्तिक ९
एएफसी अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ। दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार खेल राति साढे ८ बजे सुरु हुनेछ।
बुधबार भएको खेलमा नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित भयो। कतारले भने मंगोलियालाई पराजित गरेको छ।
समूह एफमा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।





