१३ कार्तिक २०८१, मंगलवार १६:२७
काठमाडौँ, कार्तिक १३
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ।
लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।





