२८ कार्तिक २०८१, बुधबार ०८:२५
काठमाडौँ, कार्तिक २८
नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ ।
दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ ।
प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमाप अरजित गरेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।





