२० पुष २०७९, बुधबार १०:४६
काठमाडौं ,पुस २०
जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा सहभागी हुने निर्णय गरेको छ।
मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँडको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको जानकारी दिनु भयो ।





