२९ कार्तिक २०८१, बिहीबार ०८:४४
काठमाडौँ, कार्तिक २९
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग ४-० गोलले पराजित भएको छ।
खेल सेन्ट्रल रिपब्लिकन रंगशालामा घरेलु टोली ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले २/२ गोल गरे।
नेपालले पहिलो हाफमा ३ गोल खायो भने दोस्रो हाफमा एक गोल खाएको थियो।
१९औँ मिनेटमा माबत्शोएवले गरेको गोलबाट ताजकिस्तानले खेलमा अग्रता लिएको थियो। १० मिनेटपछि नै जालिलोभले टोलीको अग्रता दोब्बर बनाए।





