५ मंसिर २०८१, बुधबार ०८:३६
काठमाडौँ, मंसिर ५
स्थानीय तह उपनिर्वाचनअन्तर्गत बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ।
आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्। यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।
मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। ४४ पदका लागि हुन लागेको निर्वाचनमा ४१० जनाले उम्मेदवारी दिएका छन्।





