चितवन, मंसिर २२
स्वर्णलक्ष्मि बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं वार्षिक साधरण सभा सम्पन्न सम्पन्न भएको छ । हिजो (शुक्रबार) का दिन भरतपुर महानगरपालिका ११ स्थित धावन रिकृएसन प्रा. लि. जगृतीचोकमा सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो ।
साधरण सभाको भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण कुमार तामाङले संस्थाले आफ्नो स्थापना काल देखि नै आफ्ना सदस्यहरूसँग निक्षेप लिने र उक्त निक्षेपलाई आफ्ना सदस्यहरू माँझ सदस्यहरूको आवश्यकता, परियोजना, धितो सुरक्षण र आय स्रोतको आधारमा विभिन्न शिर्षक अन्तर्गत कर्जा प्रवाह गर्दै शेयर सदस्यहरूको आम्दानी र उद्यमशीलताको विकासको लागि टेवा पुऱ्याईरहेको बताउनुभयो । संस्थाले शेयर सदस्यहरूको चाहनालाई प्रविधि मैत्री बनाउदै मोबाईल एप्लीकेशनको संचालन समेत गरिरहेको उहाँको भनाई थियो ।
साधरण सभा कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोईराला, भरतपुर महानगरपालिका नगरपालिकाको सहकारी शाखाकी सहकारी अधिकृत रोजी के.सी. लगायतको उपस्थिति रहेको थियो ।
सो साधरण सभाको बन्द सत्रमा विभिन्न प्रस्ताव उपर छलफल तथा निर्णय गरी सम्पन्न भएको हो ।






