२८ मंसिर २०८१, शुक्रबार ०९:०६
काठमाडौँ, मंसिर २८
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ ।
दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
राती भने देशभर मौसम मुख्यतया सफा रहने छ ।





