२६ पुष २०७९, मंगलवार १०:०८
काठमाडौँ, पुस २६
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विश्वासको मत लिने हुनुभएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त हुनु भएको थियो भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हाल्नु भएको हो ।
विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ ।





