२ पुष २०८१, मंगलवार ०८:५५
काठमाडौं, पुष २
नेपाली यू-१९ महिला टी-२० टिमले एशिया कप अन्तर्गत आज भारतको सामना गर्दै छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदै छ ।
आइतबारदेखि शुरु भएको महिला यू१९ एशिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर फोरमा स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।
भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।





