७ पुष २०८१, आईतवार ०८:३४
काठमाडौं, पुष ७
हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भु-भाग सामान्यतया सफा रहेको छ।
दिउसो कोशी, बाग्मती, कर्णाली र सुदुरपश्चिमका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राती भने हिमाली क्षेत्रमा आंंशिक बदली रही हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।





