१५ पुष २०८१, सोमबार १०:३४
काठमाडौँ, पुष १५
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
आज कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै आज मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यसैगरी बागमती प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यसैगरी आज लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।





