२७ पुष २०७९, बुधबार १८:३४
काठमाडौँ, पुस २७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ ।
बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफनो पार्टीले विश्वासको मत दिएको बताउनुभयो ।





