२८ पुष २०७९, बिहीबार ०९:३९
काठमाडौँ, पुस २८
सत्ता साझेदार दलहरूको बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।
आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ । यसैगरी, बाँकी रहेका मन्त्रालयको भागबन्डा पनि बिहीबारकै बैठकबाट गरिनेछ ।





