२ माघ २०७९, सोमबार ०९:१०
काठमाडाैं , माघ २
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा औपचारिक कार्यक्रम नहुने भएको छ। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिइएकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह स्थगित गरिएको छ।
वि.सं १९९० माघ २ गते विनाशकारी भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी थियो ।





