२ माघ २०७९, सोमबार १७:५८
काठमाडौँ ,माघ २
भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिकमा नयाँ मूल्यसूची पठाउने गरेको छ।





