४ माघ २०७९, बुधबार १६:१०
काठमाडौं ,माघ ४
आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रूपैयाँले घटेर एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, महासंघले चाँदीको मूल्य पनि बुधबार १५ रूपैयाँले घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।





