६ माघ २०७९, शुक्रबार १०:०५
काठमाडौं , माघ ६
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नु भएको हो ।
मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गराउनु भएको थियो ।
गत पुस २७ गते नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।





