काठमाडौं ,माघ १०
आज (मंगलबार) बाट सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले हुने भएको छ । प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरीयता बनाएका शिर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् ।
शिर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो ।
काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबको कोर्समा आयोजना हुने तीन दिने प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्ने छन् ।
यस्तै, क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउने छन् । आज पहिलो चरणको खेल तथा भोलि बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुने छ ।
फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुने छ भने बिहीबार अन्तिम दिन फाइनल हुने छ ।





