चितवन, माघ ११
चितवनमा यही माघ १५ गते आइतबार भरतपुर गार्डेन रिसोर्टमा ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनामा ‘अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे’ हुने भएको छ । कार्यक्रममा अस्ट्रेलियाका १० विश्वविद्यालय र ५ कलेज गरि कुल १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ विश्वविद्यालय तथा कलेजको तर्फबाट २५ प्रतिशतदेखि शत प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल अष्ट्रेलियन सरकारले परिवर्तन गरेका विद्यार्थी भिसा सम्बन्धि केही प्राबधानहरु बारे जानकारी दिइनुका साथै भिसा असफल हुनु सक्ने कारणबारे समेत स्पष्ट पारिनेहुदा कार्यक्रम फलदायी हुनेछ ।
सो अवसरमा नबिल बैंक र सिद्धार्थ बैंकका समेत प्रतिनिधिहरुको उपस्थिती रहने भएकाले भिसा प्रकियामा हुने बित्तीय पक्षबारे जानकारी हासिल हुने छ। आइ एल टि एस को पाठ्यक्रमबारे ब्रिटिश काउन्सिलका प्रतिनिधिले स्पष्ट पानु हुने जनाईएको छ । कार्यक्रममा नि:शुल्क प्रवेशको ब्यबस्था मिलाइएको छ ।
ग्लोबल रिचको नेपालमा मात्रै काठमाडौं , चितवन , पोखरा ,बुटवल गरी चार वटा शाखा सञ्चालित छन् भने संस्थाले हरेक वर्ष शैक्षिक सेमिनार गर्दै आएको छ ।





