१२ माघ २०७९, बिहीबार २१:४७
प्रदिप परियार
चितवन, माघ १२
भरतपुर महानगरपालिका ११ मा रहेको लोटस एकेडेमी भरतपुर को प्राङगढमा आज (बिहिबार) निशुल्क स्वास्थ्य शिविर तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
आज यस पर्व ‘श्रीपञ्चमी’ का दिन पारेर गरिएको कार्यक्रम को आयोजक मनकामना अस्पताल प्रा.लि. र लोटस एकेडेमी भरतपुर रहेको मनकामना अस्पताल प्रा.लि. का अध्यक्ष डा शंकर ढकाल ले जानकारी दिनुभएको हो ।
बाल बालिका लक्षित निशुल्क स्वास्थ्य शिविर कार्यक्रमबाट ८० जना बाल बालिकाले निशुल्क स्वास्थ्य सेवा लिएको मनकामना अस्पतालका वरिष्ठ बालरोग तथा नवजात शिशु रेग विशेषज्ञ डा. बिआर चौधरीले बताउनुभयो ।








