१५ माघ २०७९, आईतवार १०:२५
चितवन , माघ १५
नेपाली नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लाग्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनु हुनेछ ।
अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद भन्नुभएका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उहाँको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।
लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाउनु भएको छ ।





