१७ माघ २०७९, मंगलवार ०९:५४
काठमाडौं , माघ १७
राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ ।
माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु भएपछि राष्ट्रियसभाको एक पद रिक्त भएको थियो ।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँच जना मतदाता छन् ।





