१८ माघ २०७९, बुधबार १८:१०
काठमाडौं ,माघ १८
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त रहेको सदनलाई जानकारी गराइएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतको फैसलासँगै लामिछानेको सांसद पद रिक्त रहेको सदनमा जानकारी गराउनुभएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको थियो।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो।





