१८ माघ २०७९, बुधबार २१:०५
काठमाडौं ,माघ १८
प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८÷०७९)’ पेस गरिएको छ। आज प्रतिनिधिसभा बैठकमा प्रधामन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गर्नुभएको हो ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेश गर्नुपर्ने हुन्छ।
अर्को बैठक माघ २२ गते आइतबार अपरान्ह १ बजे बस्ने जानकारी दिईएको छ ।





