२० माघ २०७९, शुक्रबार ०९:१८
काठमाडौं ,माघ २०
आज शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली छ। अन्य ठाउँमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदलीको सम्भावना छ।
मौसम प्रणाली नरहेकाले तत्काल वर्षा र हिमपातको सम्भावना छैन। यसका कारण देशभरकै तापक्रम क्रमशः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।





