२० माघ २०७९, शुक्रबार ०९:३१
काठमाडौं ,माघ २०
आज पनि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेछ ।
यसअघि बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा समस्या आएको ब्रिफिङ गर्नुभएको थियो ।
बिहीबार बिहान ११ बजेको लागि बोलाइएको बैठक अपरान्ह ४ बजे मात्रै बसेको थियो । उक्त बैठक पनि औपचारिक विषयमा प्रवेश नगरी सकिएको थियो ।
प्रचण्डले बिहीबारको बैठकमा गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकोले आफूलाई समय चाहिएको बताउनुभएको थियो ।
गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्रै नभएर सिंगो गठबन्धनमै समस्या आएको उहाँको भनाई थियो ।





