२० माघ २०७९, शुक्रबार २०:२९
काठमाडौं ,माघ २०
आगामी फागुन २० गते एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ ।
संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
म्याराथन ५ किलोमिटरको हुने छ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ ।
भुक्तानी गरेसँगै टिसर्ट सहितका सामग्रीहरु प्रदान गर्ने पनि आयोजकले जनाएका छन् । म्याराथन वसन्तपुरबाट शुरु भइ रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्युरोड हुँदै बसन्तपुरमै गएर टुंगिने छ ।
म्याराथन बिहान साढे ६ बजे सुरु भइ साढे ७ बजे समापन हुने आयोजकले जनाएका छन् ।आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ ।





