२९ चैत्र २०८२, आईतवार ०८:५१
काठमाडौँ, चैत २९
जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ ।
जारी आइपिएलमा लखनउले ३ खेलमा दुई खेल जितेको छ भने एक हारसहित ४ अंक हासिल गरेको छ । लखनउले सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्ससँगका खेल जितेको छ भने दिल्ली क्यापिटल्सविरुद्धको पहिलो खेल हारेको थियो ।
त्यस्तै गुजरातले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । गुजरातले पञ्जाव किंग्स र राजस्थान रोयल्ससँग हार बेहोरेको थियो भने दिल्ली क्यापिटल्ससँग जित हासिल गरेको थियो ।
त्यस्तै आज अर्को खेल मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।





