चितवन , माघ २१
स्थानीय व्यापार र व्यवसायको प्रर्वद्धन ,स्थानीय कला सस्कृती र पहिचानको लागि आउदो फागुनमा राप्ती २ मा दोस्रो गड्यौली महोत्सव हुने भएको छ ।
गड्यौली भिलेज प्रा.लिको आयोजनामा बुद्वशान्ति क्याम्पसको मैदानमा फागुन १८ गतेदेखि २८ गते सम्म महोत्सव हुन लागेको हो ।
११ दिन सम्म चल्ने महोत्सव करिव १ लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्नुका साथै ५० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको प्रालिका अध्यक्ष गणेश लामाले बताउनुभयो ।
महोत्सवको परिसरमा करिब १ सय वटा स्टल रहनुका साथै महिला उद्यमीहरुको सीप र क्षमता प्रदेशन, राप्ती डान्सिङ्ग आइडल, राप्ती फेशन सो सितोरिया कराते प्रतियोगिता, भलिवल प्रतियोगिता, गएको शैक्षिक सत्रमा एसइइ र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाइ सम्मान कार्यक्रम रहेको छ ।
महोत्सवमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता समेत आयोजना हुनेछ । महोत्सवमा रु १०० को प्रवेश शुल्क विद्यार्थी परिचयपत्रको लागि रु ५० लाग्नेछ ।
महोत्सवमा नेपालका ख्याति प्राप्त कलाकारहरुको उपस्थिति रहने जानकारी गराइएकाे छ ।
महाेत्सवमा प्रमाेद खरेल, ज्योति मगर, स्वप्न सुमन, नविन के भट्टराइ, तृष्णा गुरुङ्ग, एलिना चौहान लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ ।
महोत्सव वाट उठेका रकम बाट फाइदा रहेमा सामाजिक कार्यमा खर्च गरिने प्रा.लि.का अध्यक्ष लामाले बताउनुभएको हो ।





